महाधिवेशन सर्नसक्ने संकेत गर्दै शेखरले भने- केही समस्या हुनसक्छ

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२० दिन अगाडि
महाधिवेशन सर्नसक्ने संकेत गर्दै शेखरले भने- केही समस्या हुनसक्छ

 नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले  पार्टीको १५ औं महाधिवेशन तोकिएकै मितिमा नहुने संकेत गरेका छन् । नेपाली कांग्रेसको केन्द्रीय समितिले पुस २६ देखि महाधिवेशन गर्ने निर्णय गरेको छ ।

महाधविशनको मुखमा क्रियाशील सदस्यता फारममा विवाद देखिएपछि कोइरालाले समयमा नै नहुने संकेत गरेका हुन् । विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले तोकिएको मिति भन्दा केही दिन पर सर्न सक्ने बताए ।

महाधिवेशनको मिति सर्ने हल्लाको विषयमा उनले धेरै चिन्ता नलिन पनि आग्रह गरे । महाधिवेशनको मिति सर्छ भन्ने पत्रकारले सोधेको प्रश्नमा उनले भने, ‘अहिले त्यो नसोचौं न, हामी समयमै गरौं भन्ने हो, तर क्रियाशीलमा सिरियल नम्बर नै नभएकाले क्रियाशील भरेर त तोकिएको मितिमा गर्छु भनेर भन्नु पनि अलिकति ‘उ’ (समस्या) नै हुन्छ ।’ सिरियल नम्बर नभएको क्रियाशील सदस्यता फारम स्वीकार्य नहुने पनि बताए ।

‘सिरियल नम्बर नभएको क्रियाशील सदस्यता फारम स्वीकार्य हुँदैन भनेर हामीले सभापतिजीलाई भनिसकेका छौं र त्यो क्यान्सिल पनि भएको छ,’ उनले भने, ‘सिरियल नम्बर नभएको फारम कसैले नभर्नुहोला, नयाँ फारमहरू छिट्टै साथीहरूको माझमा आउनेछन् ।’