प्रकाश सपुत, सुहाना थापा अभिनित ‘उडि जाऊँ भने म पंक्षी होइन’ लाई लोभलाग्दो भ्यूज

  • नेपाल विशेष
    -नेपाल विशेष
  • २५ दिन अगाडि
प्रकाश सपुत, सुहाना थापा अभिनित ‘उडि जाऊँ भने म पंक्षी होइन’ लाई लोभलाग्दो भ्यूज

काठमाडौं ।  फिल्म ‘परालको आगो’ मा समावेश गीत ‘उडि जाऊँ भने म पंक्षी होइन’ गीतले युट्युबमा लोभलाग्दो भ्यूज पाइरहेको छ । रिल्स र टिकटकमा पनि यसमाथि सयौं भिडियो बनिरहेका छन् ।

अरुणा लामाको कालजयी गीतलाई पुनः एरेन्ज गर्दै यसैसाता सार्वजनिक गरिएको थियो । ६ दिनअघि सोमबार सार्वजनिक गीतलाई अहिलेसम्म ११ लाखभन्दा धेरै पटक हेरिएको छ । गीतले दैनिक २ लाख भ्यूज पाइरहेको यसका निर्माताले जनाएका छन् । यसले प्रतिक्रिया पनि सकारात्मक पाइरहेको देखिन्छ । गीतमा प्रकाश सपुत र सुहाना थापाले अभिनय गरेका छन् । एक कमेन्टकर्ताले अभिनेत्री थापाको प्रशंसा गरेकी छन् । सुहानाले लगाएको पहिरनको उनले प्रशंसा गरेकी छन् । अर्का कमेन्टकर्ताले यसमा अभिनय गरेका दुवैजना कलाकारको प्रशंसा गरेका छन् । उनले त सुहाना र प्रकाशको आफू प्रशंसक भएको उल्लेख गरेका छन् । लेख्छन्, ‘सुहाना थापा र प्रकाश सपुतका फ्यान यता आउनुहोला ।’ अर्की एक कमेन्टकर्ताले अभिनेत्री थापाको प्रशंसा गरेकी छन् ।

उनले यो गीत जति सुनेपछि सुनिरहूँ त्यति सुनिरहूँ लाग्ने यो कस्तो सङ होला भनेर प्रश्न गरेकी छन्। । लेख्छिन्, ‘जति सुने पनि सुनिरहनु मन लाग्ने यो कस्तो सङ होला ?’ ४५ वर्षअघि निर्माण भएको फिल्म ‘परालको आगो’को रिलिजका समयमा पनि यो गीत उत्तिकै चर्चामा थियो । यो गीतको मिठास र सन्दर्भलाई अहिले पनि दर्शक र श्रोताले रुचाइरहेको देखिन्छ । निर्माता सुशील पोखरेल गीतको चर्चा र प्रशंसाले उत्साहित देखिए । गीतलाई एघार लाखभन्दा बढि पटक हेरिएको भन्दै उनले सामाजिक सञ्जालमा खुसी साटेका छन् ।

पुरानो कालजयी गीतलाई पुनः रेकर्डमार्फत दर्शकमाझ ल्याएकोमा संगीतकार शान्ती ठटाल पनि उत्साहित छिन् । गीतको नृत्य निर्देशन रामजी लामिछानेले गरेका हुन् । यसमा निशु शर्माको स्वर छ । एरेन्ज विनोद भुजेलको छ । गुरुप्रसाद मैनालीको अमर कृति ‘परालको आगो’बाट प्रेरित यस फिल्ममा सौगात मल्ल, सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र मन्जिला बानियाँको अभिनय छ । हरिओम सिने मेकर्स प्रालिको ब्यानरमा निर्मित फिल्मको पटकथा र संवाद सुशील देवकोटाले लेखेका हुन् । निर्देशक लक्ष्मण सुनार हुन् ।