नेपाल व्यापार संघको ३३औँ साधारण सभा तथा १७औँ अधिवेशन सम्पन्न

  • नेपाल विशेष
    -नेपाल विशेष
  • २५ दिन अगाडि
नेपाल व्यापार संघको ३३औँ साधारण सभा तथा १७औँ अधिवेशन  सम्पन्न

काठमाडौं - नेपाल व्यापार संघको ३३औँ साधारण सभा तथा १७औँ अधिवेशन राष्ट्रिय सभागृहमा भव्य तथा सभ्य रूपमा सम्पन्न भएको छ। संघका निवर्तमान अध्यक्ष हरि बहादुर गौतमको सभापतित्वमा आयोजित कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालसहित विशिष्ट अतिथि, पूर्व अध्यक्षहरू तथा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमलाई खुला र बन्द सत्रमा विभाजन गरी सञ्चालन गरिएको थियो। खुला सत्र सम्पन्न भएपछि बन्द सत्रबाट सर्वसम्मत रूपमा गिरिराज पोखरेलको अध्यक्षतामा ९७ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ।

नवगठित कार्यसमितिमा अध्यक्षमा गिरिराज पोखरेल चयन भएका छन् भने वरिष्ठ उपाध्यक्षमा जयकृष्ण शर्मा, प्रथम उपाध्यक्षमा पार्वती पौडेल भट्ट, द्वितीय उपाध्यक्षमा श्यामसुन्दर रुङ्गाटा तथा महिला उपाध्यक्षमा लक्ष्मी कुमारी बराल चयन भएका छन्। काठमाडौं उपत्यका उपाध्यक्षमा प्रकाश श्रेष्ठ रहेका छन् भने सातै प्रदेशबाट दिपक सापकोटा, चिफबहादुर थापा, निरञ्जन सेढाईं, किशोरकुमार गौतम, नरबहादुर गौतम, चक्रप्रसाद पौडेल र कमल शर्मा उपाध्यक्षमा चयन भएका छन्।

त्यसैगरी महासचिवमा ज्योतिकुमार श्रेष्ठ, कोषाध्यक्षमा देवराज कार्की तथा उपमहासचिवमा दिपकप्रसाद सापकोटा र जगन्नाथ खनाल चयन भएका छन्। सचिव पदमा महिला सचिवका रूपमा शुसिला चौलागाई र शर्मिला लुईँटेल रहेका छन् भने अन्य सचिवहरूमा उद्धवप्रसाद गौतम, प्रितमराज पाठक, प्रेम गौतम, रामचन्द्र भुषाल, राजु गौतम, प्रविन बगाले र गणेश सिवाकोटी चयन भएका छन्। सहसचिवमा रामकुमार श्रेष्ठ, कमलराज अधिकारी, केदार पोखरेल, शारदा रेग्मी सुवेदी, विष्णुप्रसाद शर्मा, अनिल खतिवडा र विवेक खत्री तथा सहकोषाध्यक्षमा आङ छिरिङ शेर्पा र चण्डी कुमारी ढकाल रहेका छन्।

 नवगठित कार्यसमितिले संघलाई थप सशक्त, व्यवस्थित र व्यवसायीमैत्री बनाउँदै व्यापारिक हकहित संरक्षण तथा संस्थागत विकासका क्षेत्रमा प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको निवर्तमान अध्यक्ष हरि बहादुर गौतमले जानकारी दिएका छन्। कार्यक्रममा संघले विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्ने व्यक्तित्वहरूलाई विशेष सम्मानसमेत गरेको थियो ।