कोपनहेगन स्थित भ्यालेन्सबेकमा ‘पहिलो भ्यालेनस्बेक नेपाली फेमिली फेस्टिभल’ सम्पन्न

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ४२३ दिन अगाडि
कोपनहेगन स्थित भ्यालेन्सबेकमा ‘पहिलो भ्यालेनस्बेक नेपाली फेमिली फेस्टिभल’ सम्पन्न

कोपनहेग  - डेनमार्क कोपनहेगन स्थित भ्यालेन्सबेकमा ‘पहिलो भ्यालेनस्बेक नेपाली फेमिली फेस्टिभल’ सम्पन्न भएको छ। भाइलोगर्डस्पार्कनमा सम्पन्न फेस्टिभलमा डेनमार्क भाइलोगर्डस्पार्कन र ग्यामेलगोड्सएलीमा बसोबास गर्ने १ सय ५० बढी नेपालीहरूको सहभागिता रहेको थियो।

 

‘एभरेस्ट भलिबल क्लब भ्यालेन्सबेक’को आयोजनामा सम्पन्न फेस्टिभल नेपालबाट तेस्रो मुलुकमा बसोबास गरिरहँदा नेपाली परिवारहरू बिचको पारस्परिक सद्भाव, एकता र नेपाली मौलिकताको संरक्षणका लागि फेस्टिभलको आयोजना गरिएको क्लबका सदस्य विकास श्रेष्ठले जानकारी दिए ।

फेस्टिभलमा नेपाली संस्कृति झल्काउने क्रियाकलाहरूसँगै पुरुष भलिबल प्रतियोगिता आकर्षणको विषय रहेको थियो ।

भ्यालेनस्बेक कम्युनको अनुमतिसहित आयोजना गरिएको फेस्टिभलको र त्यसको आकर्षण भलिबल प्रतियोगितामा तीन टिमको सहभागिता थियो भने खेलमा बल ब. थापा म्यान अफ द म्याच घोषित भए।

यसै गरी बालबालिका तथा महिलाहरूको सहभागिताका लागि फुटबल, तातो आलु, बिङ्गो लगायतका प्रतियोगिताको आयोजना गरिएको थियो भने प्रतियोगिताका प्रथम द्वितीय र सान्त्वनासहित सहभागीहरूलाई मेडल र गिफ्ट ह्यापरसहित पुरस्कृत गरिएको क्लबका अर्का सदस्य विक्रम रावतले बताए । 

भाइलोगर्डस्पार्कन र ग्यामेलगोड्सएलीमा बसोबास गर्ने नेपालीहरूलाई केन्द्रमा राखिएको फेस्टिभलमा बालबालिकाहरूलाई केन्द्रमा राखिएको थियो । डेनमार्कको भाषा र संस्कृतिसँगै हुर्किरहेका बालबालिकाहरूलाई नेपाली पन र नेपाली संस्कृतिसँग नजिक ल्याउन पनि फेस्टिभल महत्त्वपूर्ण रहेको क्लबका सदस्य रावतले भनाई छ।

ब्यानर डिजाइन - अपेक्षा लोहनी (16)

सदस्य रावतका अनुसार ‘एभरेस्ट भलिबल क्लब भ्यालेन्सबेक’ मा हाल ४०-५० सदस्य रहेको र आगामी दिनमा पनि क्लबले  नेपाली समुदाय लक्षित रहेर अन्य विभिन्न कार्यक्रमहरूको आयोजन गर्ने योजना रहेको र त्यसमा सबैको साथ सहयोगको अपेक्षा रहेको बताए ।