प्रश्नपत्रको गोपनीयता भङ्ग आरोपमा दुई शिक्षक पक्राउ

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६७५ दिन अगाडि
प्रश्नपत्रको गोपनीयता भङ्ग आरोपमा दुई शिक्षक पक्राउ

काठमाडौँ -परीक्षा अगावै प्रश्न पत्रको गोपनीयता भङ्ग गरेको आरोपमा प्रहरीले दुई शिक्षकलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा बागलुङ ग्वाली चौर–८ घर भई ललितपुर उपपनमा–१८ बस्ने ३१ वर्षीय केशव घिमिरे र काठमाडौँ–१६ बस्ने पाल्पाको रिब्दिकोट–३ का २४ वर्षीय  विकास ज्ञवाली छन् ।राष्ट्रिय परीक्षा बोर्डबाट गत वैशाख १४–२६ मा कक्षा १२ को परीक्षा सञ्चालन भएको थियो ।

परीक्षा चलिरहेकै बेला काठमाडौँ जिल्लाका केही परीक्षा केन्द्रहरूमा परीक्षार्थीहरू, विभिन्न विद्यालयका शिक्षकहरू समेतले मोबाइल फोनको माध्यमबाट परीक्षाको गोपनीयता र मर्यादा भङ्ग हुने गरी प्रश्नपत्रहरु सामाजिक सञ्जालका माध्यमहरू ह्वाट्सएप, म्यासेन्जर, इन्स्टाग्राम, भाइबर लगायतमा सेयर गरेको खुलेको थियो । विभिन्न ग्रुपहरू बनाएर तिनमा परीक्षाअघि नै प्रश्न पत्र तथा उक्त प्रश्न पत्रको उत्तरहरू आदानप्रदान गर्ने÷गराउने गरेको पाइएको थियो। 

उक्त कसुरमा संलग्नको खोजतलास दुवैलाई सोमबार टेकुबाट पक्राउ गरिएको  जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । शिक्षा ऐन, २०२८ अन्तर्गतको कसुरमा कारबाहीका लागि काठमाडौँ जिल्ला अदालतबाट प्रहरीले ५ दिनको हिरासत म्याद अनुमति लिएको छ ।