समय सिमा सकिनै लाग्दा कोशीका सभामुख गौतमले दिए राजीनामा

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११२८ दिन अगाडि
समय सिमा सकिनै लाग्दा कोशीका सभामुख गौतमले दिए राजीनामा

कोशी प्रदेशसभाका सभामुख बाबुराम गौतमले राजीनामा दिएका छन् । उनले मंगलबार दिउँसो उपसभामुखलाई सम्बोधन गर्दै लेखेको राजीनामा पत्र प्रदेशसभा सचिवालयमा बुझाएका हुन् । गौतमले आफूले राजीनामा दिएको जानकारी प्रदेश प्रमुखको कार्यालयमा पनि पठाएका छन् ।

 

माओवादी केन्द्रबाट निर्वाचित भएका गौतमले सत्ता गठबन्धनको पक्षमा बहुमत पुर्‍याउनका लागि आफ्नो तटस्थ भूमिका त्यागेका हुन् । उनले राजीनामा दिएपछि उनको समेत समर्थन लिएर कांग्रेस संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरेका छन् ।

गठबन्धनले सभामुख गौतमलाई राजीनामा गराएर संविधानको धारा १६८ को उपधारा २ अनुसारको सरकारको दावी गर्न लागेको हो । सरकार गठनको लागि प्रदेश प्रमुख पर्शुराम खापुङले दिएको आज बेलुका ५ः०० बजेसम्मको समय दिएका छन् । सो समयभित्रै दावी पेश हुने नेता आङ्बोले जानकारी दिए ।

प्रदेशसभामा एमालेका ४०, काँग्रेसका २९, माओवादीको सभामुखसहित १३, राप्रपाको ६, नेकपा एकीकृत समाजवादीको ४ र जसपाको १ सांसद छन् ।