काठमाडौंको फोहोर तीन दिनभित्र उठाइसक्ने

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११३८ दिन अगाडि
काठमाडौंको फोहोर तीन दिनभित्र उठाइसक्ने

काठमाडा‌ै  - उपत्यकाको फोहोर व्यवस्थापनस्थल सिसडोल–बन्चरेडाँडावासीले नौ दिनदेखि गरेको फोहोर ढुवानीमाथिको अवरोध पूर्ण रूपमा हटाएका छन् ।

स्थानीयको अवरोध हटेसँगै उपत्यकाका सडकमा थुप्रिएको फोहोर उठ्न थालेको छ । फोहोर ढुवानी रोकिँदा उपत्यकाका सडकबाट फोहोरसमेत उठेको थिएन । जसका कारण यहाँका सडक दुर्गन्धित बन्न थालिसकेका थिए । स्थानीय र काठमाडौं महानगरपालिकाबीच भएको तीनबुँदे सहमति कार्यान्वयन भएपछि फोहोर ढुवानीमा हुँदै आएको अवरोध हटेको महानगरका वातावरण विभाग प्रमुख रविनमान श्रेष्ठले जानकारी दिए । उनका अनुसार यसपटक स्थानीयले फोहोर क्यापिङ (माटोले छोप्नुपर्ने)लाई प्रमुख माग मान्दै आएका छन् ।

उनीहरूको मागअनुसार महानगरले बिसर्जन गरेको फोहोर ‘क्यापिङ’ गर्न थालेपछि अवरोध हटाएका छन् । विभिन्न चरणमा फोहोर ढुवानीमा अवरोध गर्दै आइरहेका स्थानीयको यसपटक नगन्हाउने गरी व्यवस्थापन गर्नुपर्ने माग थियो । ‘अहिले स्थानीयवासीले फोहोरमा लगाएको अवरोध हटाएका छन्, हामीले गर्न सक्ने माग पूरा गरिरहेका छौँ,’ महानगरका वातावरण विभाग प्रमुख श्रेष्ठले भने, ‘स्थानीयले भनेअनुसार नै माग पूरा गर्दै आइरहेका छौँ ।’ उनका अनुसार शनिबार करिब एक सय २० वटा फोहोर बोकेका गाडी बन्चरेडाँडा पुगेका छन् ।  काठमाडौं महानगरपालिकाले ल्यान्डफिल्ड साइट प्रभावित धुनिबेँसी नगरपालिका र ककनी गाउँपालिकालाई फोहोरसँग सम्बन्धित काम गर्नका लागि आर्थिक वर्ष ०८०/८१ का लागि चार करोड बजेट विनियोजन गरेको छ । महानगरले स्थानीयवासीको स्वास्थ्य उपचार र शिक्षामा पनि सहजीकरण गरेको छ ।