बाबुरामको प्रस्ताव– समाजवादी ध्रुवीकरणको पहल गरौँ

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३३५ दिन अगाडि
बाबुरामको प्रस्ताव– समाजवादी ध्रुवीकरणको पहल गरौँ

 काठमाडौं - नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले देशमा समाजवादी ध्रुवीकरणको प्रयत्न गर्नुपर्ने बताएका छन् ।

 

आइतबार बसेको राजनीतिक समितिको बैठकमा राजनीतिक प्रतिवदन पेश गर्दै भट्टराईले समाजवादी ध्रुवीकरणका लागि विभिन्न पार्टी तथा समूहसँग सहकार्य र एकताको पहल गर्नपर्ने बताएका छन् । उनले एकता तथा ध्रुवीकरणबारे निर्णय गर्ने अधिकार पार्टीको केन्दीय कार्यसमितिलाई दिने प्रस्ताव समेत गरेका छन् ।

नेपाली विशेषताको नयाँ समुन्नत समाजवादको मोडल विकास गर्नुपर्ने उनको जोड छ ।