खराब माैसम भएकाले सतर्कता अपनाउन माैसमविद्काे अनुराेध

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १४२९ दिन अगाडि
खराब माैसम भएकाले सतर्कता अपनाउन माैसमविद्काे अनुराेध

हिन्दुधर्मालम्बिहरुकाे महान चार्ड विजया दशमीकाे आज नवाै दिन अर्थात् महानवमी भइसकेकाे छ।

भाेली विजया दशमीकाे अवसरमा मान्यजनहरुबाट टिका तथा आशिर्वाद ग्रहण गरी दशैं मनाउने चलन रहेकाे छ । तर खराब माैसमका कारण मान्यजनहरुका हातबाट टिका थाप्न जान असहज हुने देखिएकाे छ ।  आगामी तीन दिन देशका अधिकांश नदीमा बहाव बढ्ने भएको छ । पश्चिम सेती, महाकाली, बबई, पश्चिम राप्ती र यसका सहायक नदीहरूमा बहाव सतर्कता तह आसपास पुग्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । 

आज पूर्वदेखि पश्चिमसम्मका विभिन्न जिल्ला भई बहने ससाना नदीहरुमा बहाव बढ्ने र केहीमा आकस्मिक बहावसमेत हुन सक्ने पूर्वानुमान रहेकाले तटीय क्षेत्रमा बस्नेले सतर्कता अपनाउनु पर्ने महाशाखाले जनाएको छ । 

आगामी तीन दिन प्रदेश १,  बागमती प्रदेश,  गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना रहेकोले उक्त स्थानमा रहेका खहरे खोलामा पनि पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता हपनाउन महाशाखाले आग्रह गरेको छ ।