बलात्कारकाे झुटो जाहेरी दिने महिला पक्राउ

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १४३१ दिन अगाडि
बलात्कारकाे झुटो जाहेरी दिने महिला पक्राउ

भक्तपुर - बलात्कारकाे झुटो जाहेरी दिने एक महिला पक्राउ परेकी छन् ।

नवलपरासी वर्दघाट चिसापानी घर भई हाल काठमाडौं जडिबुटी डेरा गरी बस्ने ३४ वर्षीया महिलालाई प्रहरी पक्राउ गरेको हो।  ती महिलाले आफूलाई भक्तपुर जिल्लाको लोकन्थलीमा ल्याई अचेत बनाई एक पुरुषले जबरजस्ती करणी गरेको भनी प्रहरी वृत्त ठिमीमा जाहेरी दरखास्त दिएका थिएकी थिइन्।

जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत राजु पाण्डेका अनुसार उक्त जाहेरीउपर अनुसन्धान गर्दा त्यस्ताे प्रकृतिको कुनै पनि घटना भएकाे छैन् । उहाँले भन्नुभयाे,’पुरुषलाई फसाउने नियतले कपोलकल्पित घटना बनाई झुठाे जाहेरी दिएकाेले ती महिला पक्राउ परेकी हुन्।’

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।