राष्ट्रपतिको कदमबारे छलफल गर्न बालुवाटारमा गठबन्धनको बैठक !

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३५४ दिन अगाडि
राष्ट्रपतिको कदमबारे छलफल गर्न बालुवाटारमा गठबन्धनको बैठक !

काठमाडौं- सत्तारुढ गठबन्धनको बैठक बस्दैछ।

 प्रधानमन्त्री निवास, बालुवाटारमा अहिले केहीबेरमा बस्ने बैठकमा नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको कदमबारे छलफल हुने नेताहरुले बताएका छन् ।

संघीय संसदले दोस्रो पटक पठाएको नागरिकता विधेयक संविधानअनुसार १५ दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने हो ।

सभामुखले २० भदौमा पठाएका थिए । तर मंगलबार मध्यरातसम्म पनि विधेयक प्रमाणीकरण भएन ।