लम्सालको महाकाव्य 'अग्नि'लाई मदन पुरस्कार

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १४६३ दिन अगाडि
लम्सालको महाकाव्य 'अग्नि'लाई मदन पुरस्कार

मदन पुरस्कार गुठीले शनिबार लम्सालको महाकाव्य ‘अग्नि’लाई मदन पुरस्कार दिने निर्णय गरेको हो।

यस वर्षको मदन पुरस्कार डा. नवराज लम्सालको महाकाव्य ‘अग्नि’लाई दिइने भएको छ। मदन पुरस्कार गुठीले शनिबार लम्सालको महाकाव्य ‘अग्नि’लाई मदन पुरस्कार दिने निर्णय गरेको हो।

मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितका अनुसार यस वर्षको जगदम्बाश्री पुरस्कार भने दुर्गाप्रसाद श्रेष्ठलाई दिने निर्णय भएको छ। श्रेष्ठ बनारसबाट प्रकाशित ‘उदय’ पत्रिकाका सम्पादक हुन्।

२०७८ सालमा प्रकाशित गुठीलाई प्राप्त २९९ वटा पुस्तकबाट ८ वटा मदन पुरस्कारका लागि छनो भएका थिए। नवराज लम्सालको ‘अग्नि’, दामोदर पुडासैनी ‘किशोर’को ‘ग्रीष्मको नीलो बतास’, वसन्त बस्नेतको ‘महाभारा’, दिपा मेवाहाङ राईको ‘यादको सन्दुक’, नयनाथ पौडेलको ‘लिच्छवि लिपि’, नीलमणि ढुङ्गानाको ‘व्युत्पत्तिमूलक संस्कृत नेपाली शब्दकोश’, सुजित मैनालीको ‘सतीः इतिहास र मीमांसा’ र पद्मसुन्दर जोशीको ‘हिति प्रणाली’ छनोटमा परेका थिए।