‘मोहर’को ओपनिङमा सन्तुष्टि देखिएका पल, नीति र बेनिशा के भन्छन् ?

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ३९२ दिन अगाडि
‘मोहर’को ओपनिङमा सन्तुष्टि देखिएका पल, नीति र बेनिशा के भन्छन् ?

काठमाडौं- फिल्म मेकर्स प्रालिको ब्यानरमा निर्माण भएको फिल्म ‘मोहर’ शुक्रबारदेखि रिलिज भएको छ । रिलिज भएसँगै फिल्म प्रवर्धनको लागि कलाकार हल भिजिटमा ब्यस्त रहे ।

बिहान औषत अकुपेन्सीमा ओपनिङ व्यापार गरिरहेको यो फिल्मले दर्शकको बलियो ‘वर्ड अफ माउथ’ पाएपछि व्यापार बढ्नेमा वितरक करण श्रेष्ठ आशावादी सुनिए । चुम्बनजंग शाही निर्माता रहेको फिल्ममा ओम प्रतिकको लेखन तथा निर्देशन छ । यो फिल्मको कथावस्तु, कलाकार पल शाह, बेनिशा हमाल, नीति शाहका पात्रको प्रेमको पटकथा, देउकी प्रथाको विषयलाई दर्शकले मन पराएका छन् ।शुक्रबार बिहान आयोजित फिल्मको विशेष शोमा फिल्म हेरेका अधिकांश पत्रकार र दर्शकले पनि ‘मोहर’ अपेक्षा गरेको भन्दा धेरै राम्रो बनेको बताए । दर्शकबाट फिल्मलाई लिएर सकारात्मक प्रतिक्रिया आएपछि अभिनेता शाह भावुक देखिए  बिग मुभिजमा पुगेका शाह आफू बोल्न नसक्ने अवस्थामा रहेको सुनाए । पलले भने- ‘अहिले म बोल्न सकिरहेको छैन । एउटा कलाकारका लागि निर्देशक र टिम बलियो भयो भने उसले काम देखाउन सक्छ । यसपटक हामीले निकै मिहिनेत पनि गरेका थियौं ।

दर्शकको प्रतिक्रियाबाट मिहिनेत सफल भएको भन्ने लागेको छ ।’नीति पनि भावुक देखिइन् । नीतिको यसअगाडिका फिल्ममा कामको आलोचना भएपनि यो फिल्ममा भने प्रशंसा भइरहेको छ । नीतिले आफूले यही क्षेत्रमा केही गर्न चाहेकाले मिहिनेत गर्नुपर्छ भन्ने सोचेको बताइन् ।फिल्म ‘मोहर’को व्यापार भोलिका दिनमा बढ्नेमा आशावादी देखिए निर्माता शाही । अभिनेत्री हमालको पनि कामको प्रशंसा भैरहेको छ । दर्शकबाट पाएको प्रतिक्रियाले आफू भावुक बनेको सुनाइन् । फिल्म ‘मोहर’ले देउकी प्रथाको कथालाई मुख्य आधार बनाएको छ । यो फिल्ममा अर्जुन जंग शाही, लक्ष्मी गिरी, मिथिला शर्मा, रवीन्द्र झा, सारा शर्मा लगायतका कलाकारहरुको अभिनय छ ।