डेभिड शंकरले दीपाश्री निरौला लगायतको अभिनयमा ल्याए 'ए चेलिबेटी' (भिडिओ)

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ४०१ दिन अगाडि
डेभिड शंकरले दीपाश्री निरौला लगायतको अभिनयमा ल्याए 'ए चेलिबेटी' (भिडिओ)

काठमाडाैँ -गायक डेभिड शंकरले तीज गीत 'ए चेलिबेटी' सार्वजनिक गरेका छन्। शनिबार उनको एकल स्वरमा सार्वजनिक गीत चेलिबेटीप्रति समर्पित छ।

यसको शब्द डेभिड र दीपक शर्माको हो। संगीत दीपक शर्माको छ। भिडिओमा दीपाश्री निरौला, रिमा विश्वकर्मा, डेभिड शंकर, सुधिर श्रेष्ठ, मिस पबी, कुसुम शर्मालगायत कलाकारहरूले अभिनय गरेका छन्। डेभिडकै कन्सेप्टमा बनेको भिडिओको कोरियोग्राफी तथा निर्देशन गम्भीर विष्टले गरेका हुन्। देव दोर्जे लामाको छायांकन रहेको भिडिओमा प्रविन भट्टको सम्पादन छ। गीत र म्युजिक भिडिओमार्फत सामाजिक सन्देश दिन खोजिएको छ।