चलचित्र निर्देशन गर्दै पाँडे, बालेनको गीत, रियासाको लगानी

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ४०४ दिन अगाडि
चलचित्र निर्देशन गर्दै पाँडे, बालेनको गीत, रियासाको लगानी

काठमाडाैँ -अर्जुन घिमिरे (पाँडे)ले चलचित्र निर्माणको तयारी गरेका छन् । अर्जुन आफैँले निर्देशन गर्ने भएका छन् । उनले चलचित्रको नाम ‘झरी पछिको इन्द्रेणी’ राखेका छन् ।चलचित्रमा रमेश उप्रेती, दीपाश्री निरौला, निर्मल शर्मा, प्रियना आचार्य (मुन्नी)लगायत कलाकारको अभिनय रहनेछ । अर्जुन आफैँले पनि अभिनय गर्ने भएका छन् ।

सुशील कडरियाले निर्माण गर्ने यो चलचित्रमा कुमार ब्यञ्जनकारको लेखन रहने छ भने पशुपति शिवजी इन्टरटेन्मेन्टको व्यानरमा निर्माण गर्न लागिएको हो ।चलचित्रमा लगानी रियासा दाहालको रहनेछ । उनी रुटिन अफ नेपाल बन्दका सञ्चालक भिक्टर पौडेलकी श्रीमती हुन् ।चलचित्रमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको गीत रहनेछ ।

चलचित्र साउन १५ बाट छायांकनमा जानेछ ।यसअघि ‘लाज शरणम्’मा अर्जुन कार्यकारी निर्माता रहेका थिए भने कुमार कट्टेलले निर्देशन गरेका थिए । ‘लाज शरणम्’ ‘सक्किगोनी’ टिमले बनाएको चलचित्र थियो। तर, यो चलचित्रमा ‘सक्किगोनी’का धेरै कलाकार नहुने बताइएको छ ।