जितु नेपालले ‘परालको आगो’ छोडेका हुन् ?

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ४०५ दिन अगाडि
जितु नेपालले ‘परालको आगो’ छोडेका हुन् ?

काठमाडौं - चलचित्र ‘परालको आगो’बाट जितु नेपाल बाहिरिएको हल्ला चल्न थालेको छ । चलचित्र वृत्तमा यतिबेला जितुले यो सिनेमा छोडेको हल्ला छ ।

 “यसबारे मैले अहिले केही बोल्न मिल्दैन । म यसबारे मौन छु भनेर बुझ्नुस्,” जितुले भने । उनले आफूले बोल्न नमिल्ने बताउनुले पनि जितुले यो चलचित्र छोडेको अनुमान लगाउन सकिन्छ । परालको आगो’मा जितुलाई निर्माण टिमले अनुबन्ध गरेको थियो । यो चलचित्रमा गायक तथा अभिनेता प्रकाश सपूत, सुहाना थापालगायतका  कलाकार अनुबन्धित भइसकेका छन् । कथाकार स्व गुरुप्रसाद मैनालीको प्रसिद्ध कथा ‘परालको आगो’मा आधारित रहेर निर्माण हुने लागेको छ । हरिओम सिने मेकर्सले निर्माण गर्न लागेको यस सिनेमामालाई लक्ष्मण सुनारले निर्देशन गर्नेछन् । ‘परालको आगो’लाई श्रीमानश्रीमतीको सम्बन्ध तथा झैँझगडालाई मुख्य विषय बनाएर निर्माण हुनेछ ।

चलचित्रका निर्माता सुशील पोखरेल हुन् । चलचित्रमा सुशील देवकोटाको संवाद लेखन, संकल्प भुजेलको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी तथा सत्य–स्वरुपराज आचार्यको संगीत रहनेछ । निर्माता पोखरेलले यो सिनेमालाई २०८२ सालको दशैंमा प्रदर्शन गरिने बताएका थिए । गत वर्षको फागुनदेखि नै छायांकन सुरुवात गर्ने भनिएको यो चलचित्रको हालसम्म पनि छायाकंन सुचारुहुन सकेको छैन । छायाकंन धकेलिएसँगै यो सिनेमाबाट जितु बाहिरिएको पनि अनुमान लगाउन सकिन्छ । ४५ वर्षअघि पनि निर्देशक प्रताप सुब्बाले यही नाममा चलचित्र निर्माण गरेका थिए । यसपटक लोकेसन, पटकथा तथा प्रस्तुतीकरणलाई फरक ढंगले निर्माण गरिने निर्माता पोखरेलले बताएका छन् ।