प्रकाश सपुतको 'नाइँ भनेसी नाइँ' मा रेखा थापा

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ४११ दिन अगाडि
प्रकाश सपुतको 'नाइँ भनेसी नाइँ' मा रेखा थापा

काठमाडाैँ -गायक तथा अभिनेता प्रकाश सपुत पछिल्लो समय संगीतभन्दा फिल्ममा व्यस्त छन्।

फिल्म निर्देशन र अभिनयमा लागेपछि उनले पहिलेजस्तो सांगीतिक सिर्जनाहरू ल्याएका छैनन् । यसैबीच तीजको अवसर पारेर उनले नयाँ गीत सार्वजनिक गर्दैछन्। उनले ल्याउन लागेको गीत( बदला बरिलै २)  मा पछिल्लो पुस्ताका दुई चर्चित गायिकाहरू समीक्षा अधिकारी र एलिना चौहानले स्वर दिएका छन्। प्रकाशले गीतको शीर्षक नाइँ भनेसी नाइँ राखेका छन्। शनिबार एक पोस्टर सार्वजनिक गर्दै उनले नयाँ गीत ल्याउन लागेको जानकारी दिएका थिए।  प्रकाशले यो गीतको भिडिओको छायांकन समेत सकेका छन्। अहिले सम्पादन भइरहेको गीतको भिडिओमा अभिनेत्री रेखा थापाले अभिनय गरेकी छन्। उनले सामाजिक सञ्जालमा एक पोस्टर सार्वजनिक गर्दै यसबारे जानकारी दिएकी छन्।

म्युजिक भिडिओमा विरलै काम गरेकी रेखाले यसपटक प्रकाशसँग सांगीतिक सहकार्य गरेकी हुन्। यो उनको वर्षौपछिको म्युजिक भिडिओ हुनेछ। आनन्द कार्कीको स्वर रहेको चर्चित गीत लाग्छ मन हेरिरहुँ  मा रेखाले अभिनय गरेकी थिइन्। त्यस्तै  (बदला बरिलै २ )को भिडिओमा रेखासहित अर्की एक अभिनेत्रीले समेत अभिनय गरेकी छन्।  यो गीतलाई साउन १६ गते सार्वजनिक गर्ने तयारी प्रकाशको छ।बदला बरिलैको कुरा गर्दा प्रकाशले देवी घर्तीको स्वरमा ४ वर्षअघि यो गीत सार्वजनिक गरेका थिए। केकी अधिकारी अभिनीत गीतले राम्रो चर्चा पाएको थियो। त्यसमा प्रकाशले बलात्कारको घटनाविरूद्धको आवाज उठान गरेका थिए। (बदला बरिलै २ )मा पनि उनले महिला हिंसाविरूद्धको कथा उठाएको गीतको शीर्षक र रेखाको सार्वजनिक पोस्टरबाट आँकलन गर्न सकिन्छ।