काठमाडौँ - गायक प्रकाश कटुवालले नयाँ गीत सार्वजनिक गरेका छन्। उनले आफ्नै शब्द तथा संगीतमा “जर्सी गाईको दुध” बोलको गीत सार्वजनिक गरेका हुन्।
रमाइलो भाव र सामाजिक सन्देशलाई समेटिएको उक्त गीतमा आरके मिलनको संगीत संयोजन छ। गायक कटुवाललाई गायनमा गायिका समीक्षा अधिकारीले साथ दिएकी छिन्।गीतको म्युजिक भिडियोमा नृत्य निर्देशन तथा निर्देशन कोरियोग्राफर शंकर बीसीले गरेका छन् भने शंकर बीसी स्वयं र मोडल रिया खड्काले अभिनय भएको छ ।
नवीन घर्ती मगरले सम्पादन गरेको भिडियो छायाङ्कन राजेश घिमिरेले गरेका हुन्। गीतलाई स्मृति म्युजिक प्रालिले बजारमा ल्याएको हो कटवालका यसअघिका ढाडे बिरालो, रातो सारी, सबको काँधमा, सुन्दर रामेछाप, लास हेर्न आऊ सानु , छेकेन जामाले, चोर बिरालो पल्कियोलगायतका गीतहरू चर्चित छन् ।