सांस्कृतिक संस्थानको 'गाईजात्रा महोत्सव' साउन २४ देखि, यी कमेडियनले प्रस्तुति दिने

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ४१५ दिन अगाडि
सांस्कृतिक संस्थानको 'गाईजात्रा महोत्सव' साउन २४ देखि, यी कमेडियनले प्रस्तुति दिने

काठमाडाैँ -सांस्कृतिक संस्थान 'राष्ट्रिय नाचघर' ले यसवर्ष पनि 'गाईजात्रा महोत्सव' आयोजना गर्ने भएको छ। साउन २४ देखि ३१ गतेसम्म राष्ट्रिय नाचघर जमलमा 'गाईजात्रा महोत्सव २०८२' हुने भएको हो। 

गाईजात्रा महोत्सवमा लक्ष्मण गाम्नाङ्गे, सुरेन्द्र केसी ‘मुला साग’, शिवशंकर रिजाल ‘जोगिन्दर’, राजा राजेन्द्र पोखरेल, हिमेश पन्त, भरतमणि पौडेल, खड्गबहादुर पुन, सुमन कोइराला (दले दाइ), दिनेश काफ्ले (हाउडे दाइ), सन्तोष थापा, कैलाश कार्की, सुजिता श्रेष्ठ, विकास अर्याल, सरोज भण्डारी र सुयशा खनाल लगायतले प्रस्तुति दिने भएका छन्।

साथमा सांस्कृतिक संस्थानका गायन, वादन, नृत्य र नाटक सम्बद्ध कलाकारहरूको समेत प्रस्तुति रहनेछ। सांस्कृतिक संस्थानले गत वर्षदेखि आफ्नो नीति तथा कार्यक्रम अन्तर्गत समेटेर गाईजात्रा महोत्सव गर्न सुरू गरेको हो। गाईजात्राको संरक्षण, संवद्र्धन, प्रवद्र्धन तथा पुस्तान्तरणसहित संस्कृतिलाई उत्पादनसँग जोड्ने उद्धेश्यका साथ 'गाईजात्रा महोत्सव ८२' गर्न लागिएको सांस्कृतिक संस्थानका महाप्रबन्धक किरणबाबु पुनले बताए।