‘सक्किगोनि’का कलाकारहरू लागे लाखापाखा, बन्द भयो ‘सक्किगोनि’ ?

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ४२६ दिन अगाडि
‘सक्किगोनि’का कलाकारहरू लागे लाखापाखा, बन्द भयो ‘सक्किगोनि’ ?

काठमाडौं - चर्चित हास्य टेलिसिरियल ‘सक्किगोनि’ रोकिएको चार महिना भएको छ । तेस्रो सिजनको ९३ एपिसोडपछि यो सिरियल दर्शकले हेर्न पाएका छैनन् ।

चर्चित हास्य टेलिसिरियल ‘सक्किगोनि’ रोकिएको चार महिना भएको छ । तेस्रो सिजनको ९३ एपिसोडपछि यो सिरियल दर्शकले हेर्न पाएका छैनन् ।सिरियल कहिले आउँछ भन्दै दर्शकले सामाजिक सञ्जालमार्फत सोधिरहेका छन् । तर, लामो समय बितिसक्दा पनि सिरियल आउँछरआउँदैन अझै कुनै टुंगो छैन  ।सिरियलका निर्माता तथा कलाकारहरू कुमार कट्टेल (जिग्री)र अर्जुन घिमिरे (पाँडे)सँग पनि यसको जवाफ छैन । उनीहरुले अब यो सिरियल आउँदैन पनि भन्न सकेका छैनन् र आउँछ पनि भन्न सकेका छैनन् ।

‘सक्किगोनि’ आउनेरनआउने टुंगो नहुँदा यसका केही कलाकारहरूले भने नयाँ सिरियल सुरू गरेका छन् । ‘गल्फने’ भनेर चर्चामा आएका बबिन राई, ‘माकुरी’ भनेर चर्चित रश्मी पाण्डे, ‘लुरी’ भनेर चिनिने भावना आचार्य, ‘छोटी’ सुस्मिता कुवँरलगायतका कलाकारहरू नयाँ सिरियल ‘धनपुरे टोल’मा देखिन थालेका छन् । यो सिरियल टेलिभिजन र युट्युबमा प्रसारणमा आउन थालिसकेको छ । ‘सक्किगोनि’का कलाकारहरू नयाँ सिरियलमा देखिँदा ‘सक्किगोनि’ अब नआउने सम्भावना रहेको धेरैको अनुमान छ । ‘सक्किगोनि’ टिमले चलचित्र ‘लाज शरणम्’ प्रदर्शनमा ल्याएपछि सिरियल रोकिएको थियो । यही टिमले अर्को चलचित्र बनाउने चर्चा पनि चलेको थियो । तर, औपचारिक घोषणा गरेका छैनन् ।