अभिनेत्री वर्षा सिवाकोटी जेरोनाको ब्राण्ड एम्बेसडरमा नियुक्त

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ४३४ दिन अगाडि
अभिनेत्री वर्षा सिवाकोटी जेरोनाको ब्राण्ड एम्बेसडरमा नियुक्त

काठमाडौं - अभिनेत्री वर्षा सिवाकोटीलाई २०८२ साल फापिरहेजस्तो देखिन्छ । उनी एकपछि अर्को गरि फिल्ममा अनुबन्धित मात्र होइन, व्यवसायिक उत्पादनको प्रवर्धनमा समेत जोडिएकी छन् ।

जेरोना वेलनेस प्रालिले उनलाई ब्राण्ड एम्बासडरमा नियुक्त गरेको छ । व्यवसायिक दूतमा नियुक्त गरेसँगै कम्पनीले प्रोमो भिडियो पनि सार्वजनिक गरेको छ । नयाँ फिल्म ‘गोबर गणेश’मा अनुबन्धित भएको खबर बाहिरिएको दिनमै वर्षा उक्त कम्पनीको दूतमा नियुक्त भएकी हुन् । कम्पनीले उत्पादन गरेका सौन्दर्य प्रशासनका सामग्री जेठ दोस्रो सातादेखि बजारमा उपलब्ध छन् ।

जेरोनाले छालाको सुरक्षामा ध्यानमा राख्दै १० प्रकारका उत्पादन जेरोना डर्मा ब्राण्डमा नेपाली बजारमा ल्याएको छ । कम्पनीका संचालक दुर्गाराज श्रेष्ठले अहिलेकी चर्चित अभिनेत्रीलाई ब्राण्ड एम्बेसडरमा नियुक्त गरेकोमा खुसी जनाए ।