अनमोल केसीले साइन गरे 'ए मेरो हजुर ५'

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ४३७ दिन अगाडि
अनमोल केसीले साइन गरे 'ए मेरो हजुर ५'

काठमाडाैँ -अभिनेता अनमोल केसीले फिल्म 'ए मेरो हजुर ५' साइन गरेका छन्। सुहाना थापा इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने यो फिल्ममा अभिनयका लागि उनले सोमबार कागजी सम्झौता गरेका हुन्।  फिल्ममा अनमोलको जोडी बनेर सुहाना थापाले काम गर्नेछिन्। 

अनमोल र सुहानाले यो फिल्मको तेस्रो र चौंथो श्रृंखलामा पनि जोडी बाँधेका थिए। सुनिलकुमार थापा निर्माता रहने फिल्मलाई झरना थापाले निर्देशन गर्नेछिन्। अनमोलको होम प्रोडक्सनको फिल्म 'बाटुलो जुन' को छायांकनपछि 'ए मेरो हजुर ५' फ्लोरमा जानेछ।  फिल्ममा जोडिएसँगै अनमोलले आफूले लामो समयको विश्रामपश्चात एउटा नयाँ अध्यायको सुरूवात गर्न लागेको बताएका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'जेरी अन टप, बाटुलो जुन र ए मेरो हजुर ५ मार्फत नेपाली चलचित्र उद्योगमा नयाँ जोशका साथ उपस्थित हुन लागेको खुसीको कुरा सुनाउन पाउँदा निकै उत्साहित र हर्षित छु।'