दरमखोला हाइड्रो इनर्जीको आईपीओ खुल्यो

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ४३७ दिन अगाडि
दरमखोला हाइड्रो इनर्जीको आईपीओ खुल्यो

काठमाडौं -दरमखोला हाइड्रो इनर्जी लिमिटेडले आजदेखि आईपीओ निष्काशन गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आज (सोमबार) देखि आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले प्रतिशेयर १०० रुपैयाँ दरका १० लाख ३० हजार ५०० कित्ता शेयर आयोजना प्रभावित क्षेत्र गुल्मी जिल्ला मुसीकोट नगरपालिका, बाग्लुङ जिल्ला गल्कोट नगरपालिका र बाग्लुङ जिल्ला बडीगाड गाउँपालिकाका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको हो ।यसैगरी, १०० रुपैयाँ अंकित दरका २ लाख ९१ हजार ९५० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिएको हो। उक्त आईपीओका लागि असार २३ गतेसम्म आवेदन दिन सकिनेछ ।  यस आईपीओको विक्री प्रबन्धकको जिम्मेवारी लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले लिएको छ भने आईपीओ निष्काशन, आवेदन संकलन र बाँडफाँडको सम्पूर्ण कार्यको व्यवस्थापन गर्नेछ ।