बढ्यो सुन–चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ४३७ दिन अगाडि
बढ्यो सुन–चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

काठमाडौँ -नेपाली बजारमा आज (आइतबार)सुन–चाँदीको भाउ बढेको छ।

अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला आठ सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला पाँच सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९५ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ९४ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।

यसैगरी, आइतबार चाँदीको मूल्य पनि बढे छ। यसदिन चाँदीको मूल्य प्रतितोला दुई हजार एक सय ६० रूपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला दुई हजार एक सय ५० रूपैयाँमा मूल्यमा कारोबार भएको थियो।  यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ बढेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय ६९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।