सङ्गीत दिवसमा काठमाडौँमा थारु राष्ट्रिय कलाकारहरूको प्रस्तुति, झुमे दर्शक

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ४४० दिन अगाडि
सङ्गीत दिवसमा काठमाडौँमा थारु राष्ट्रिय कलाकारहरूको प्रस्तुति, झुमे दर्शक

काठमाडौँ - विश्व सङ्गीत दिवसको अवसरमा काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा राष्ट्रिय थारु कलाकारहरूले मौलिक गीतसहित प्रस्तुति दिएका छन् ।

राष्ट्रिय थारु कलाकार मञ्चले आयोजना गरेको वृहत् राष्ट्रिय थारु सांस्कृतिक कार्यक्रममा उनीहरुले  आ९आफ्नो ठाउँ विशेषका प्रस्तुतिहरू दिएका हुन् । कार्यक्रमको उद्‌घाटन प्रमुख अतिथि नागरिक उन्मुक्ति पार्टीका संरक्षक एवं पूर्व सांसद रेसम चौधरीले गरेका थिए । कार्यक्रममा बोल्दै नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेसम चौधरीले पहिचानको लागि आफूले सांस्कृतिक क्रान्ति गर्दा जेलमा बस्नु परेको दाबी गरे। उनले भने,ुमैले रेडियो नेपालमा २०४९ सालबाट गीत गाएर सुरु गरेको सांस्कृतिक क्रान्ति सुरु गरे। जब गणतन्त्र आयो, उनीहरुले थारुको छोराले गीतबाटै पहिचान मागेको देख्न सकेनन्। मलाई थुने।अनि राजनीतिमा म बाध्य भएर आउनु पर्‍यो।

देशभरका थारु कलाकारहरूले आफ्नो भाषा, संस्कृति र परम्परागत संस्कृति झल्काउने प्रस्तुतिहरू दिने राष्ट्रिय थारु कलाकार संघका अध्यक्ष विनय वैद्यले बताए । उनका अनुसार देशभरका राष्ट्रिय कलाकारहरूले आ(आफ्नो क्षेत्रमा बोलिने ठाउँमा बोलिने थारु भाषाका मौलिक संस्कृति झल्‍कने प्रस्तुति रहेका थिए । कार्यक्रममा चारजना अग्रज स्रष्टाहरूलाई सम्मान गरिएको थियो।