१० करोड पटक हेरियो 'दुश्मन हेरेको हेर्‍यै'

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ४४२ दिन अगाडि
१० करोड पटक हेरियो 'दुश्मन हेरेको हेर्‍यै'

 काठमाडाैँ -दुर्गेश थापाको गीत 'दुश्मन हेरेको हेर्‍यै' लाई युट्युबमा १० करोड पटक हेरिएको छ।

रिलिज हुनासाथ चर्चामा आएको यो गीतले ५ महिनाको छोटो समयमै १ सय मिलियन भ्युज पाएको हो। रिलिजको केही समयपछि युट्युबको ग्लोबल ट्रेन्डिङमा समेत परेको यो गीतबाट दुर्गेश थापा फेरि चर्चामा आएका थिए।  यो गीतमा दुर्गेशको आफ्नै शब्द तथा संगीत छ। गायनमा दुर्गेशसँगै दुई चर्चित गायिकाहरू समीक्षा अधिकारी र एलिना चौहानको स्वर छ। आनन्द कार्कीले पनि यसमा स्वर दिएका छन्।

भिडिओमा दुर्गेशसँगै प्रियंका कार्की, कविता नेपाली लगायत फिचर्ड छन्।युट्युबमा १० करोड भ्युज पुग्दा झण्डै २० हजारले प्रतिक्रिया दिएका छन्। ६ लाख ५४ हजारले लाइक गरेका छन।’दुश्मन हेरेको हेर्‍यै’ ले लोभलाग्दो चर्चा पाएसँगै दुर्गेश स्टेज कार्यक्रममा व्यस्त बनिरहेका छन्।  ६ महिना नपुग्दै १० करोड भ्युज पाउने 'दुश्मन हेरेको हेर्‍यै' दोस्रो गीत हो। यसअघि 'रूकुम मैकोट' गीतले ६ महिना नपुग्दै १० करोड भ्युज पाएको थियो।