कमेडी दरबारमा फेरिए जज : मनोज गजुरेलको ठाउँमा प्रदिप भट्टराई !

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ४५४ दिन अगाडि
कमेडी दरबारमा फेरिए जज : मनोज गजुरेलको ठाउँमा प्रदिप भट्टराई !

काठमाडौं-कमेडी दरबारको महाराजा को रूपमा मनोज गजुरेलको ठाउँमा प्रदीप भट्टराई भित्रिएका छन्। मनोज गजुरेल एक महिनाको युरोप टुरमा निस्किएका कारण प्रदीप भट्टराई सो समय अवधिसम्मका लागि महाराजाको रूपमा भित्रिएका हुन् ।

प्रदीप भट्टराईलाई कमेडी दरबारको सिजन २ को १० एपिसोडबाट देख्न पाइनेछ। प्रदीप भट्टराईले पछिल्लो समयको निकै लोकप्रिय शोमा आफूलाई महाराजा बनाएर गेस्टकै रूपमा भए पनि बोलाएकोमा टिमप्रति आभार व्यक्त गरेका छन्।

कमेडी दरबारकी निर्देशक श्रद्धा प्रसाईँले मनोज गजुरेलको युरोप टुरको समयमा प्रदीप भट्टराईलाई आफूहरूले निमन्त्रणा गरेको उनले दिएको समय प्रति आभार व्यक्त गरेकी छिन् ।प्रदीप भट्टराई नेपाली चलचित्र क्षेत्रका लोकप्रिय निर्देशक हुन् भने उनी कमेडी रियालिटी शो कमेडी च्याम्पियनका जज समेत हुन्।