नेपालीपनको गौरव बोल्ने फिल्म ‘यो मन त मेरो नेपाली हो’ को टिजर सार्वजनिक (भिडियो)

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ४५८ दिन अगाडि
नेपालीपनको गौरव बोल्ने फिल्म ‘यो मन त मेरो नेपाली हो’ को टिजर सार्वजनिक (भिडियो)

काठमाडौं – फिल्म ‘यो मन त मेरो नेपाली हो’ को टिजर सार्वजनिक भएको छ । फिल्मको सार्वजनिक टिजर नेपाली भाषा, साहित्य, कला, यसको इतिहास, महत्त्व र नेपाली भाषाको गौरवसँगै नेपाली को हुन् भन्ने विषयवस्तुलाई उठान गर्न खोजेको छ ।

असार २७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘यो मन त मेरो नेपाली हो’ मा रोशन श्रेष्ठ, विजय बराल, विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’, आयुषा समाल, नारायण खाती, भुपेन्द्र लिङ्देन ‘मन्त्री’, सुवास भन्डारी, विजय सुब्बा, बिजिता परियार, देवराज राजवंशी, भानुभक्त सिटौला  लगायतको अभिनय रहेको छ।

पद्यमा ईश्वर इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतिमा मित्र प्रधान प्रस्तुतकर्ता रहेको फिल्म ‘यो मन त मेरो नेपाली हो’ लाई ज्ञान बहादुर प्रधान ९रोशन० ले निर्माण गरेका हुन् । अमेरिकामा रहेका साहित्यकार मित्र प्रधान (नर) को  निर्देशन रहेको यस फिल्ममा शिवम् अधिकारीको लेखन रहेको छ । सौरभ लामाको छायांकन, देव महर्जन द्वन्द्व, समिर मियाको भिएफएक्स, कविराज गहतराज र प्रमोद भण्डारीको कोरियोग्राफी, सम्पादक बनिश शाह तथा सिजिआई सत्यम राना रहेको  छ ।

दीपक शर्मा, विकास चौधरी र थोरम्पो ह्यङ राईको फिल्ममा संगीत रहेको छ भने  दीपक शर्मा , विल्सन विक्रम राई, शंकर अधिकारी घायलको  शब्द तथा खैजडी गीतमा अनिश अधिकारीको शब्द संकलन रहेको छ । फिल्मको छायांकन झापा, इलाम साथै भारतको सिकिम, दार्जिलिङ, जयगाउ पश्चिम बङ्गाल र अमेरिकामा गरिएको थियो। फिल्ममा भारत, मलेसिया, पोल्याण्ड, अस्ट्रिया , बेल्जियम, साउथ अफ्रिका र अमेरिकी कलाकारहरुको समेत अभिनय रहेको छ ।