फिल्म ‘नरसिंहाः अवतार’को नयाँ गीत ‘तिम्रो मात्र हुने मन छ’ (भिडियोसहित)

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ४७४ दिन अगाडि
फिल्म ‘नरसिंहाः अवतार’को नयाँ गीत ‘तिम्रो मात्र हुने मन छ’ (भिडियोसहित)

काठमाडौं - शुक्रवारदेखि रिलिजमा आउन लागेको फिल्म ‘नरसिंहाः अवतार’को बुकिङ खुलिसकेको छ । रिलिजको मिति नजिकिँदै गर्दा यसको चर्चा पनि चुलिएको छ । यसैबिच, फिल्मको निर्माण पक्षले नयाँ गीत सार्वजनिक गरेको छ । 

‘तिम्रो मात्र हुने मन छ’ बोलको गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत, सैराज खाती र मनीषा सुनुवारको स्वर छ । 

यो रोमान्टिक गीतमा नायक राज कटुवाल र नायिका सनिषा भट्टराईलाई रोमान्टिक अवतारमा देखाइएको छ । माइकल चन्दको कोरियोग्राफी रहेको यो गीतमा राजु थापाको डीओपी छ । 

फिल्ममा राजेश हमाल, नीति शाह, राज कटुवाल, सनिषा भट्टराई, नीर शाह, अर्जुन श्रेष्ठ, उषा खड्गी, रमेश चन्द सोडारी, आशा पौडेल, प्रशान्त ताम्राकार, राजिभ जंग बस्नेत, प्रकाश जंग कुँवर, प्रभु श्रेष्ठ, अमित गिरी, टार्जन लगायतका कलाकारहरूको अभिनय छ । 

दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा नेम महर्जन, दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन, ध्रुव न्यौपानेको लगानी छ । फिल्ममा साहिल खान र मिलन श्रेष्ठको सम्पादन, चन्द्र पन्तको कथा, राजु तामाङको एक्सन छ । 

यो फिल्मलाई प्रेम, बिछोड, सस्पेन्स र बदलाको कथामा निर्माण गरिएको छ ।