२६६१ विन्दुमा नेप्से, साढे ११ अर्बभन्दा बढीको सेयर किनबेच

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ४८३ दिन अगाडि
२६६१ विन्दुमा नेप्से, साढे ११ अर्बभन्दा बढीको सेयर किनबेच

 काठमाडाैँ -साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। नप्से १२.६० अंकले घटेर २६६१.०८ विन्दुमा बन्द भएको छ।

यसदिन कारोबार रकम भने बढेको छ। बुधबार १० अर्ब ५१ करोड रूपैयाँको सेयर कारोबार भएकोमा बिहीबार ११ अर्ब ६५ करोडको कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकम १ अर्ब १४ करोड रूपैयाँ वृद्धि भएको हो।आज ३१५ वटा धितोपत्रको तीन करोड सात लाख ९९ हजार ९१ कित्ता सेयर किनबेच भएको हो। बिहीबार ९६ कम्पनीको सेयर मूल्य बढेको छ भने १५० वटाको घटेको छ। यसदिन चार कम्पनीको मूल्य सर्किट लेभलमा बढेको छ। नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत, छ्याङ्दी हाइड्रोपावर र ओम मेगाश्री फर्मास्युटिकल्सको मूल्य ९.९९ प्रतिशतका दरले बढेको छ।बिहीबार नारायणी डेभलपमेन्टको मूल्य सर्वाधिक ७.०६ प्रतिशतले घटेर प्रतिकित्ता एक हजार ४९१ रूपैयाँमा झरेको छ।यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंकको मूल्य ६.३६ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ८२० रूपैयाँ कायम भएको छ।

 बिहीबार ङादी ग्रुप पावरको सर्वाधिक कारोबार भएको छ।कम्पनीको प्रतिकित्ता ३८८ रूपैयाँ ५० पैसामा ७८ करोड ४५ लाख रूपैयाँको सेयर कारोबार भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ०.४२ प्रतिशत घटेको हो।सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा सानिमा माइ हाइड्रोपावर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ६२४ रूपैयाँमा ६५ करोड ४९ लाख बराबरको सेयर कारोबार भएको छ।  आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये ६ कम्पनीको मूल्य बढेको छ भने बाँकी सात समूहको परिसूचक घटेको छ। यसदिन वित्त समूहको परिसूचक सर्वाधिक ४.१६ प्रतिशतले बढेको छ।