सुनको भाउ बढ्दा घट्यो चाँदी, आज कतिमा हुँदैछ कारोबार?

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ४८२ दिन अगाडि
सुनको भाउ बढ्दा घट्यो चाँदी, आज कतिमा हुँदैछ कारोबार?

 काठमाडाैँ -नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ भने चाँदी घटेको छ।बुधबार प्रतितोला एक हजार सात सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला ६ सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला एक लाख ९२ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ।  बुधबार सुन प्रतितोला एक लाख ९१ हजार ६ सय रूपैयाँमा किनबेच भएको थियो। यसैगरी, बिहीबार चाँदीको मूल्य भने घटेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ५५ रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

बुधबार चाँदी प्रतितोला एक हजार नौ सय ५५ रूपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ घटेको हो।  आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय ७८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।