काठमाडौँ -अर्थ मन्त्रालयले स्वास्थ्य बिमाको रकम भुक्तानीलगायत कार्यक्रमका निम्ति थप तीन अर्ब ८४ करोड रुपैयाँ निकासा गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मागका आधारमा अर्थमन्त्री विष्णु पौडेलले उक्त रकम निकासाको निर्णय गरेका हुन् । त्यसमध्ये स्वास्थ्य बिमा बोर्डलाई तीन अर्ब रुपैयाँ छुट्याइएको छ । ज्येष्ठ नागरिकको उपचारसहितका निम्ति ६० करोड रुपैयाँ विनियोजित छ । निकासा भएको रकममा स्वास्थ्य बिमा बोर्डलाई तीन अर्ब, ज्येष्ठ नागरिकको उपचारलगायतका लागि ६० करोड र मुटुरोगका बिरामीलाई निःशुल्क उपचारका लागि सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई २४ करोड रहेको अर्थ मन्त्रालयले जनाएको छ ।