काठमाडौँ -बुधबार नेप्से परिसूचक स्थिर रहेको छ।
मंगलबार ६.५४ अंकले बढेर २६८३.८६ विन्दुमा बन्द भएको नेप्से बुधबार २६८५.७३ विन्दुमा बन्द भएको छ। यसदिन कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही बढेको छ। गत कारोबार दिन अर्थात मंगलबार सात अर्ब २० करोडको कारोबार भएकोमा बुधबार आठ अर्ब ७१ करोडको सेयर कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकममा १ अर्ब ५१ करोड रूपैयाँ वृद्धि भएको हो।
आज ३०७ वटा धितोपत्रको एक करोड ५५ लाख २० हजार ५५९ कित्ता सेयर किनबेच भएको हो। बुधबार १३४ कम्पनीको सेयर मूल्य बढेको छ भने ९९ वटाको घटेको छ। यस्तै ११ कम्पनीको मूल्य स्थिर रहेको छ।यसदिन गार्डियन माइक्रो इन्स्योरेन्सको सेयर मूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेको छ।