सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६४७ दिन अगाडि
सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौं - साताको  पहिलो कारोवार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।  

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोल १७ सय रुपैयाँले बढेर १ लाख ६७ हजार २०० रुपैयाँ कायम भएको छ । शुक्रबार सुन प्रतितोला १ लाख ६५ हजार ५ रुपैयाँमा कारोबार भएको थियो ।आज चाँदीको मूल्य पनि २० रुपैयाँले बढेको छ । आज १ हजार ९ सय ६० रुपैयाँमा किनबेच भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार ९४० रुपैयाँमा किनबेच भएको थियो ।