पुरस्कार राशिमा कर कटाउँदैनौँ - प्रधानमन्त्री

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६३१ दिन अगाडि
पुरस्कार राशिमा कर कटाउँदैनौँ - प्रधानमन्त्री

 काठमाडौ -प्रधानमन्त्री केपी ओलीले खेलमा विजय हासिल गरेपछि खेल क्षेत्रको उत्साह कायम राख्न छिटोछिटो पुरस्कार दिने र राशिमा कर नकटाउने नीति लिइएको बताएका छन् ।

पेरिस पारा ओलम्पिक, २०२४ मा कांस्य पदक प्राप्त गर्ने पलेसा गोवर्द्धनसहित प्रशिक्षक र टोली व्यवस्थापकलाई आज पुरस्कृत गर्दै ओलीले यस्तो बताए ।  मन्त्रिपरिषद्को यही भदौ २० गतेको निर्णयबमोजिम पलेसालाई ६५ लाख रुपैयाँ पुरस्कार राशिमा कर नकटाई पुरस्कृत गरिएको हो । यस्तै, सो खेलका प्रशिक्षक कविराज नेगी लामालाई पाँच लाख ८५ हजार र टोली व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई  दुई लाख ९२ हजार रुपैयाँ पुरस्कारसहित सम्मान गरिएको छ।

युवा तथा खेलकुुद मन्त्रालयद्वारा प्रधानमन्त्रीनिवास, बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले खेलमा विजय हासिल गरेपछि खेल क्षेत्रको उत्साह कायम राख्न छिटोटो पुरस्कार दिने र राशिमा कर नकटाउने नीति लिइएको बताए । उनले विश्वस्तरका आगामी खेलमा नेपालले थप सफलता पाउने विश्वास व्यक्त गर्दै पलेसाले हासिल गरेको सफलता नेपालकै अहिलेसम्मको ठुलो पदक भएकाले देशले गौरव गरेको बताए । 

कार्यक्रममा युवा तथा खेलकुुदमन्त्री तेजुलाल चौधरी, सचिव सुमनराज अर्याल, राष्ट्रिय खेलकुुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल तेक्वान्दो संघका पदाधिकारीलगायत सहभागी थिए । मन्त्री चौधरीले पलेसाको उच्च शिक्षाको अध्ययन र आगामी एसियाली खेलकुदमा सहभागिताका लागि समन्वय गर्ने विषयमा मन्त्रालयले पहल गर्ने बताए ।