काठमाडौं महानगर नजिक सडक भासिँदा आवागमन प्रभावित

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७५४ दिन अगाडि
काठमाडौं महानगर नजिक सडक भासिँदा आवागमन प्रभावित

काठमाडौं ।  काठमाडौं महानगरपालिकाको नजिक सडक भासिँदा रातिदेखि आवागमन प्रभावित भएको छ ।

महानगरको कार्यालय रहेको काठमाडौं प्लाजादेखि उत्तरतर्फको सडक भासिएको हो ।यो सडकले दरबारमार्गलाई जोड्छ । टुकुचा खोलामाथि रहेको यो सडक राति नै भासिएको महानगर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार भासिँदा हिजो रातिदेखि नै उक्त बाटो बन्द भएको छ ।