उपाधि जित्न नसकेकोप्रति दु:ख व्यक्त गर्दै भलिबलकी कप्तानले भनिन्– भरोसा गरिरहनुहोस्

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६६६ दिन अगाडि
उपाधि जित्न नसकेकोप्रति दु:ख व्यक्त गर्दै भलिबलकी कप्तानले भनिन्– भरोसा गरिरहनुहोस्

काठमाडौं - नेपाली राष्ट्रिय महिला भलिबल टोलीका कप्तान अरूणा शाहीले काभा नेसन लिग भलिबल, २०२४ को उपाधि जित्न नसकेकोप्रति दुस्ख व्यक्त गरेकी छन् ।

 बिहीबार राति फेसबुकबाट उनले समर्थकहरूलाई धन्यवाद आफूहरूमाथि भरोसा गरिरहन पनि दिएकी छन् ।“यहाँहरूकै साथ, सहयोग र मायाको कारण आज हामीले आफूलाई खेलाडीको रूपमा परिचित हुन पाएका छौँ । हामीप्रति आशा र भरोसा राखेर हजारौँ शुल्क तिरेर खेल हेर्न र हामीलाई हौसला प्रदान गर्न कभर्ड हलमा मात्र हैन लाखौँले विभिन्न माध्यमबाट खेल हेरी सिंगो मुलुकले साथ दिँदा पनि तपाईं हामी सबैको साझा सपना पूरा गर्न नसकेकोमा दुस्खी छौँ,ू उनले भनेकी छन् ।

उनले यसरी नै अगाडि बढिरहे एकदिन अवश्य सफल हुने विश्वास व्यक्त गरेकी छन् । के गर्न सकियो के गर्न सकिएन । हामी कहाँ चुक्यौँ यहाँहरू सबैलाई अवगत नै छ । विशेष गरी नेपाल भलिबल संघ साथै सरोकारवाला सबैको भूमिकाप्रति आभार प्रकट गर्दै फेरि पनि यहाँहरूलाई भरोसा गरिरहनुहोस् भन्नुको विकल्पबाहेक हामी माझ के नै रह्यो र उनले भनेकी छन् । बुधबार त्रिपुरेश्वरमा भएको उपाधि भिडन्तमा नेपाल भारतसँग ३–२ को सेटमा पराजित भएको थियो र