सुनचाँदीको मूल्य घट्यो

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७७६ दिन अगाडि
सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा (आज) बिहीबार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ३ सय रूपैयाँले घटेको छ ।बुधबार प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ३ सय रूपैयाँले घटेर १ लाख ४९ हजार ५ सय रूपैयाँमा कारोवार भैइरहेको छ । 


त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४८ हजार ८ सय रूपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा १ हजार ८ सय ९५ रूपैयाँमा कारोबार भएको चाँदी आज ३५ रूपैयाँले घटेर १ हजार ८ सय ६० रूपैयाँमा कारोबार भइरहेको छ ।