बाढी, पहिरोका कारण तरकारी र फलफूलको मूल्यमा उच्च वृद्धी

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७८७ दिन अगाडि
बाढी, पहिरोका कारण तरकारी र फलफूलको मूल्यमा उच्च वृद्धी

काठमाण्डाै ।पछिल्लो केही दिनयता नेपालमा मनसुन सक्रिय रहेको छ । मनसुन सक्रिय रहँदा देशका विभिन्न स्थानमा बाढी, पहिरो र डुबानबाट जनजीवन प्रभावित बनेको छ ।

बाढी, पहिरो र डुबानले राष्ट्रिय राजमार्गसहित ग्रामीण सडकमा यातायात प्रभावित हुँदा सहरी भेगमा तरकारीको भाउ आकासिएको पाइएको छ ।कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको आंकडा अनुसार थोक मूल्यमै पछिल्लो एक सातामा उच्च मूल्य वृद्धि भएको छ । यसले उपभोक्ता मूल्य झनै महँगो बन्न गएको छ । समितिका अनुसार सबैजसो तरकारी र फलफूलको मूल्य बढेको छ । सबैभन्दा धेरै मूल्य मुला, च्याउ जस्ता तरकारीमा बढेको पाइएको छ ।
ठूलो गोलभेँडा १७ असारका दिन औसत प्रतिकिलो ६६।६७ रुपैयाँमा किनबेच भएको थियो । सोमबार अर्थात २४ असारका दिन यसको मूल्य ११० रुपैयाँ प्रतिकिलो पुगेको छ ।सानो गोलभेँडा ९लोकल० को मूल्य १७ असारका दिन प्रतिकिलो १४।२ रुपैयाँ औसत रहेकोमा आइतबार ५५ रुपैयाँ प्रतिकिलो पुगेको थियो । सोमबार केही घटेर ४४ रुपैयाँ प्रतिकिलोमा झरेको छ ।गोलभेँडा सानो ९टनेल० को एक साता अघि २२।८ रुपैयाँ प्रतिकिलो मूल्य रहेकोमा सोमबार यो ६३ रुपैयाँ प्रतिकिलो पुगेको छ ।

आलुमा पनि मनसुनको प्रभाव देखिएको छ । एक साता अघि रातो आलुको मूल्य प्रतिकिलो ६१।२ रुपैयाँ रहेकोमा सोमबार ६५।२ रुपैयाँ प्रतिकिलोमा कारोबार भइरहेको छ । रातो आलु ९मुडे० को भाउ एक साता अघि ५१।२ रुपैयाँ रहेकोमा आइतबार ५३ रुपैयाँ पुगेको थियो । सेतो आलुको भाउमा भने खासै फरक देखिएको छैन ।बढी वर्षा भएको दिन सोमबार अधिकांश कृषि उपजको भाउ आकासिएको थियो । लोकल गाजरको भाउ आइतबार ८५ रुपैयाँ प्रतिकिलो रहेकोमा सोमबार घटेर ६४ रुपैयाँ प्रतिकिलोमा आएको समितिको तथ्यांक छ । स्थानीय काउलीको समेत आइतबार ९५ रुपैयाँ प्रतिकिलोमा कारोबार भएकोमा सोमबार ६५ रुपैयाँमा झरेको छ ।

रातो मुलामा भने अत्यधिक मूल्य बढेको छ । एक साता अघि ३५ रुपैयाँ प्रतिकिलो रहेको रातो मूल्य सोमबार ७५ रुपैयाँ प्रतिकिलोमा कारोबार भएको आंकडा छ । सेतो मुलाको मूल्य भने नियन्त्रणमा आएको छ । एक साता अघि ४५ रुपैयाँ रहेको सेतो मुलाको भाउ सोमबार समेत सोही मूल्यमा कारोबार भइरहेको छ । यसबीचमा भने भाउ बढेर ५६ रुपैयाँसम्म पुगेको थियो ।तने बोडीको मूल्य एक साता अघि प्रतिकिलो ५४ रुपैयाँ रहेकोमा आइतबार ६५ रुपैयाँ पुगेको थियो । यसको मूल्य सोमबार भने ५६ रुपैयाँमा झरेको छ । मकै बोडीको मूल्य एक साता अघि ८५ रुपैयाँ रहेकोमा यसैसाता ११० रुपैयाँसम्म पुगेर पुनः झरेको छ । सोमबार मकै बोडीको कारोबार ८५ रुपैयाँ प्रतिकिलोमा भइरहेको छ ।

कन्य च्याउको भाउ एक साता अघि १ सय रुपैयाँ प्रतिकिलो रहेकोमा सोमबार १६४ रुपैयाँ पुगेको छ । डल्ले च्याउको समेत भाउमा उल्लेख्य वृद्धि भएको छ । एक साता अघि २२० रुपैयाँ औसत मूल्य रहेको डल्ले च्याउको मूल्य सोमबार ३ सय रुपैयाँ पुगेको छ ।मालदह आँपको मूल्य एक साता अघि ७६।६७ रुपैयाँ रहेकोमा सोमबार ८६।६७ रुपैयाँ पुगेको छ ।
कागतीको मूल्यमा भने गिरावट आएको छ । एक साता अघि २४४ रुपैयाँ रहेकोमा सोमबार २२० रुपैयाँमा झरेको समितिले जनाएको छ ।सडक विभागका अनसार यस वर्ष देशभर २१५ स्थानमा राष्ट्रिय राजमार्ग प्रभावित बनेको थियो । जसमध्ये अझै विभिन्न २० स्थानमा सडक सञ्चालनमा आइसकेको छैन । १०८ स्थानमा एकतर्फी मात्र सडक खुलेको छ । ग्रामीण सडकको हाल के छ भन्ने जानकारी नभएको विभागले जनाएको छ ।