एपीएफ र सुदूरपश्चिमले जित्यो बास्केटबल उपाधि

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७८८ दिन अगाडि
एपीएफ र सुदूरपश्चिमले जित्यो बास्केटबल उपाधि

काठमाडौं । नेपाल एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले पारा तथा विशेष खेलकुद अन्तर्गत व्हीलचेयर बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् ।

एपीएफ पुरुष तथा सुदूरपश्चिम महिलामा च्याम्पियन बने ।राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजना तथा नेपाल स्पाइनल कोर्ड इन्जुरी खेलकुद संघको व्यवस्थापनमा अत्तरखेलस्थित बौद्ध इन्टरनेसनल स्कुलको इन्डोर हलमा भएको पुरुष फाइनलमा एपीएफले बागमती प्रदेशलाई ३९–२० ले पराजित गर्यो । 

गण्डकी प्रदेशले सुदूरपश्चिमलाई २६–१६ ले हराउँदै तेस्रो भयो । महिलाको उपाधि भिडन्तमा सुदूरपश्चिमले कोशी प्रदेशलाई १५–१० ले पाखा लगायो । लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई १२–८ ले पन्छ्याउँदै तेस्रो बन्यो ।विजेतालाई राखेपकी सदस्य एवं प्रतियोगिता संयोजक पेमा डोल्मा लामा, नेपाल स्पाइनल कोर्ड इन्जुरी खेलकुद संघकी अध्यक्ष देवी आचार्यलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।