काठमाडौं । नेपाली पारा पौडी खेलाडी भीमबहादुर कुमालले पेरिस प्यारालिम्पिक खेल्ने भएका छन् ।
प्यारालिम्पिकका लागि वाइल्ड कार्ड प्राप्त गरेका उनले वर्ल्ड पारा स्विमिङले नेशनल पारा ओलम्पिक कमिटीलाई सम्बोधन गरेर पत्र लेख्दै भीमबहादुर मेन्स ५० मिटर फ्रिस्टाइल एस ९ विधामा छनोट भएको जानकारी गराएको छ । भीमबहादुरले पेरिस प्यारालिम्पिकका लागि बाइपार्टी कमिसनमार्फत वाइल्ड कार्ड प्राप्त गरेका हुन् ।
भीमबहादुरले यसअघि सन् २०१८ मा इन्डोनेसियामा भएको एसियन पारा गेम्समा पौडीमा प्रतिस्पर्धा गरेका थिए । यस्तै गत वर्ष चीनमा भएको चौथो पारा एसियन गेम्समा पनि भीमबहादुर पारा पौडीमा सहभागी भएका थिए ।नेपालबाट ३ खेलाडीले पेरिस प्यारालिम्पिक खेल्ने निश्चित भइसकेको छ । यसअघि नै पारा तेक्वान्दोबाट दुई खेलाडीले पेरिस प्यारालिम्पिक खेल्ने पक्का भइसकेको छ ।
जसमा पलेशा गोबर्धन एसियाली छनोट चरण पार गरेर छनोट भएकी हुन् भने भरत बहता वाइल्ड कार्डमार्फत पेरिस प्यारालिम्पिक खेल्नका लागि छानिएका हुन् ।