कोपामा अमेरिकाको विजयी सुरुआत

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७१२ दिन अगाडि
कोपामा अमेरिकाको विजयी सुरुआत

काठमाडौं - कोपा अमेरिका फुटबलमा घरेलु टोली अमेरिकाले विजयी सुरुआत गरेको छ ।

 

समूह सीको पहिलो खेलमा आज अमेरिकाले बोलिभियालाई २–० गोल अन्तरले पराजित गरेको हो । टेक्सासमा भएको खेलमा अमेरिकालाई जिताउन क्रिष्टियन पुलिसिस र फ्लोरिन बालोगुनले एक एक गोल गरे। खेल सुरु भएको तेस्रो मिनेटमै टिमोथी वेहको पासमा पुलिसिसले गोल गर्दै अमेरिकालाई अग्रता दिलाएका थिए ।

४४ औं मिनेटमा पुलिसिसको पासमा फ्लोरिनले थप १ गोल गरेपछि अमेरिका पहिलो हाफमै २–० को सहज अवस्थामा पुगेको थियो । सोही अग्रता अन्तिम समयसम्म जोगाउँदै अमेरिकाले समूह सीको पहिलो खेलमा जित निकाल्न सफल भयो ।  जितसँगै अमेरिका ३ अंकका साथ शीर्ष स्थानमा रहेको छ ।  यो समूहमा उरुग्वे र पानामा पनि रहेका छन् । उरुग्वे र पानामको खेल पनि आज हुँदै छ ।