अफगानिस्तानविरुद्ध वेष्टइन्डिजको कीर्तिमानी जीत 

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ८०७ दिन अगाडि
अफगानिस्तानविरुद्ध वेष्टइन्डिजको कीर्तिमानी जीत 

काठमाडौं - टी–२० विश्वकपमा वेष्टइन्डिजले अफगानिस्तानलाई १०४ रन अन्तरले परिाजित गरेको छ ।

आज भएको आफ्नो समूह चरणको अन्तिम खेलमा वेष्टइन्डिजले सबैभन्दा ठूलो रन अन्तरले जारी विश्वकपमा जीत निकालेको छ ।  २१९ रनको लक्ष्य पछ्याएको अफगानिस्तान १६ ओभर दुई बलमा ११४ रन बनाए अलआउट भयो । अफगानिस्तानका  इब्राहिम जद्रानले ३८, अजमतुल्लाह उमरजईले २३, राशिद खानले १८, करिम जन्नतले १४ रन जोड्नु बाहेक अन्यले दोहोरो अंक बनाउन सकेनन् ।
अफगानिस्तानलाई सस्तैमा रोक्न वेष्टइन्डिजका ओबेद म्याककोयले सर्वाधिक तीन विकेट लिए ।

यस्तै, मुडाकेश मोती र अकिल हुसैनले दुई÷दुई तथा आन्द्रे रसेल र अल्जारी जोसेफले समान एक÷एक विकेट दिलाए ।त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेष्टइन्डिजले निकोलस पुरनको आक्रामक ब्याटिङमा २१८ रनको ठूलो स्कोर खडा गरेको थियो । पुरणले  ५३ बलमा ९८ रनको उम्दा प्रर्दशन गरे भने, जोनसन चार्ल्सले ४३, शाई होपले २५, रोभम्यान पावेलले २६ रन बनाए । अफगानिस्तानका गुलबदिन नाबीले २, नवीन उल हक र फजलहक फारुकीले समान एक÷एक विकेट लिए । समूह सीबाट वेष्टइन्डिज र अफगानिस्तान दुवै सुपर–८ मा पुगिसकेका छन् । सुपर–८ को समूह २ मा रहेको