काठमाडौं - काठमाडौं महानगरपालिकाले प्लास्टिकका क्रिसमस ट्रि प्रयोग गर्न निषेध गरेको छ ।
भाटभटेनी सुपरमार्केट लगायतका विभिन्न सपिङ मलमा राखिएका क्रिसमस ट्रि महानगर प्रहरी बलले हटाएको छ । तिहारमा प्लास्टिकका फूलमाला बिक्रीवितरण गर्न रोक लगाएको काठमाडौं महानगरपालिकाले प्लास्टिकका क्रिसमस ट्रि पनि प्रयोग गर्न रोक लगाएको छ। हरेक वर्ष २५ डिसेम्बरमा मनाइने क्रिसमस डे नेपाली पात्रो अनुसार यस वर्ष पुस ९ गते परेको छ ।
क्रिसमस डेको अवसरमा क्रिसमस ट्रिलाई झिलिमिली बत्तीले सजाएर राख्ने चलन छ । प्लास्टिकका क्रिसमस ट्रि, प्लास्टिकका फूल, माला र सजावटका अन्य सामग्री किनबेच नगर्न पनि काठमाडौं महानगरपालिकाले अनुरोध गरेको छ । प्लास्टिकका झोला तथा सामग्री नकुहिने र तिनले वातावरण प्रदूषण हुने भन्दै यसको प्रयोगमा काठमाडौं महानगरपालिकाले कडाइ गर्दै आएको छ ।