काठमाडौं – मण्डला नाटक घरमा मानिस हराएको सूचना मञ्चन भइरहेको छ ।
ब्लु डाईमन्ड सोसाइटी, झ्याल आर्ट, ऐभरेष्ट फिल्म एकेडेमी र मण्डला नाटक घरको सहयोगमा नाटक मञ्चन गरिएको हो । अमित गिरीले लेखेको नाटकलाई अमित गिरी र सन्तोष विष्टले संयुक्त रुपमा निर्देशन गरेका छन् । ऐभरेष्ट फिल्म एकेडेमीकै बिध्यार्थीहरुको निर्देशनमा रहेको नाटकमा कलाकार पनि सोही एकेडेमीबाटै रहेका छन् । सामाजिक विषयलाई उठान गरिएको नाटकमा वर्तमान समाजको यथार्थता चित्रण गरि मनोरञ्जनात्मक रुपमा प्रस्तुत गर्न खोजिएको छ। मङ्सिर १५ गतेदेखि २४ गतेसम्म सोमबार बाहेक हरेक दिन साँझ पाँच बजे नाटक ‘मानिस हराएको सूचना’ हेर्न सकिने आयोजकले जनाएको छ । नाटकमा सबिन राई, सोनिका शाही ठकुरी, रोमस राय ठकुरी, स्नेहा जोशी, साईमन थापा, दीपक कोइराला लगाएतका १३ जना कलाकारहरूले अभिनय रहेको छ ।