काठमाडाै-सिराहाको मिर्चैयामा रहेको साना सहरी तथा खानेपानी संस्था मिर्चैयाका सुरक्षागार्डको हत्या घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
प्रहरीले घटनाको डेढ महिनापछि आइतबार पत्रकार सम्मेलन गरी आरोपितलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा मिर्चैया नगरपालिका– ५ का २० वर्षीय दीपक सदा र ७ का २२ वर्षीय रविन सदा छन् । खानेपानी संस्थामा सुरक्षार्थ काम गर्दै आएका मिर्चैया नगरपालिका– ७ का ६० वर्षीय किशोरी राय कुर्मीको ११ असारमा हत्या भएको थियो ।