कांग्रेसबाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुनील शर्मा पक्राउ

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १०३० दिन अगाडि
कांग्रेसबाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुनील शर्मा पक्राउ

काठमाडाैं- नेपाली कांग्रेसबाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा  नेता सुनील शर्मा पक्राउ परेका छन् ।

उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले राजधानीको टोखा क्षेत्रबाट पक्राउ गरेको हो । 

प्रहरी उच्च स्रोतले उनलाई पक्राउ गरेको पुष्टि गरेपनि कारण खुलाउन चाहेन । शर्मा गत मंसिरमा सम्पन्न निर्वाचनमा मोरङ ३ बाट प्रत्यक्ष निर्वाचित भएका थिए । 

शर्मा काठमाडौँ मेडिकल कलेज र विराटनगरस्थित नोबल मेडिकल कलेजका सञ्चालक हुन् ।

प्रतिनिधिसभामा उनले केही दिनअघि एक सय किलो सुन प्रकरण छानबिन गर्न माग गर्दै कडा भाषण गरेका थिए ।

सो क्रममा उनले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतको राजीनामा समेत मागेका थिए । सोही अभिव्यक्ति उनले संसदीय समितिमा पनि दिएका थिए ।