काठमाडाै - विराटनगर महानगरपालिका १४ मा स्थित एमएम प्लाष्टिक उद्योगमा आगलागी भएको छ ।
आगलागी बुधबार बिहान १ बजे भएको हो। प्रहरीले आगलागीका कारण करिब तीन करोडकाे क्षति भएकाे बताए ।
प्रहरीका अनुसार प्लाष्टिक उत्पादन गर्दै आएको उद्योगको तीन तला भवनको भुईं तलामा रहेको "यूपीएस रूम"मा आगलागी भएको छ।
मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले प्रारम्भिक अनुसन्धानबाट इन्भटरको ब्याट्री सर्टले आगलागी भएको पुष्टि गरेको बताए।
करीब दुई घण्टापछि आगो नेपाल प्रहरी र विराटनगर महानगरपालिकाका दुई दमकलले नियन्त्रणमा लिए । ब्याट्री पड्किएर आगलागी हुँदा तीन करोड बराबरको क्षति भएको देखिएको प्रहरीले बताएको छ ।