काठमाडाै - नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले संसद बैठकमा प्रधानमन्त्री र गृहमन्त्रीले नक्कली सुन तस्करी प्रकरणबारे बोल्नुपर्ने बताए।
महामन्त्री शर्माले शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सुन तस्करी प्रकरणमा प्रधानमन्त्री र गृहमन्त्रीको उत्तर संसद बैठकमा खोज्नुपर्ने बताए। उनले सिंगो संसदको प्रधानमन्त्री र गृहमन्त्रीको उत्तर सुन्ने अधिकार रहेको बताउँदै अविलम्व संसद चलाउनुपर्ने बताए। महामन्त्री शर्माले सुन काण्डको सबभन्दा गहिराईमा गएर छानबिन हुनुपर्ने बताए। उहाँले संसद बैठक अवरुद्ध गर्नु समस्याको समाधान नभएको बताउँदै, छलफल द्वारा समाधान खोज्नुपर्ने बताए।