भारतको सिमानामा नेपालकाे सबभन्दा अग्लो झण्डा फहरायाे

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११२६ दिन अगाडि
भारतको सिमानामा नेपालकाे  सबभन्दा अग्लो झण्डा फहरायाे

काठमाडाै‌ - भारतको मधुवनी जिल्लासँग जोडिएको मटिहानी नगरपालिकाले मंगलवार देशको सबभन्दा अग्लो झण्डा फहराएको छ।

मधुवनी जिल्ला सहित विहारका धेरै भारतीयहरुले ११० फिट अग्लो नेपालको झण्डा देख्न सक्छन्, जुन उपराष्ट्रपति रामसहाय प्रसाद यादवको उपस्थितिमा उद्घाटन भएकाे थियाे। सिमानामा रहेका पालिकाहरुमा राष्ट्रियतासम्बन्धी विभिन्न आरोप लगाइएको अवस्थामा, मटिहानीले फहराएको झण्डा सामान्य लागेतापनी निक्कै महत्वपूर्ण अर्थ बोकेको अनुमान लगाउन सकिन्छ। मधेशका सिमानामा रोटिबेटीको समबन्ध र राष्ट्रियताको विषयमा स्थानीय इमानदार नभएको गम्भीर आरोपका बीच, मटिहानीस्थित अग्लो पोलबाट फहराएको झण्डाले भारतीयको हेपाहालाई झापड मात्र लगाएको छैन, राष्ट्रियताको विषयलाई लिएर गिज्याउनेहरुलाई पनि लज्जित बनाएको छ। मटिहानी नगरपालिकाका नगरप्रमुख हरि मण्डलले झण्डा उदघाटन गर्न उपराष्ट्रपति नै किन ल्याए त? भन्ने बिषयले चर्चा पाइरहेको बेला उद्घाटन पछि मटिहानीको आकाशमा फरफराएको नेपालको झण्डाले उत्तर पनि सँगै दिइरहेको छ। `यो झण्डाले कति महत्त्व बाेकेको छ भन्ने सवैले बिस्तारै थाहा पाउँछन्,´ नगरप्रमुख मण्डलले खुसी हुँदै भने।